नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका शाखाका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित भएका छन् । पाँच ओटा स्वास्थ्य संस्था र ४ ओटा आधारभुत स्वास्थ्य चौकी रहेको नगराईन नगरपालिकामा दुई महिना देखि नियमित खोप कार्यक्रम पूर्णरुपमा बन्द रहेकोले बालबालिकाहरूमा प्राणघातक रोगको जटिलता आउने खतरा रहेको छ ।
६ महिनाको तलब भत्ता नपाएका नगराईन नगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू तलब भत्ताको माग गर्दै गत मङ्सिर १८ गते देखि सबै प्रकारका नियमित खोप सेवा तथा अन्य सेवाहरू बन्द गरि आन्दोलनमा उत्रिएका छन् । त्यती मात्र नभएर जन्म देखि १५ महिनासम्मका बालबालिकाहरूलाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवाहरू बन्द भएको छ । क्षय रोगबाट शिशुलाई जोगाउनका लागि वि सि जि, पेन्टा, पोलियो, एफ आई टि भी, निमोनियाबाट जोगाउनका लागि पिसीभि, दादुरा रुवेला सहितका १३ वटा लक्षित खोप दिने गरिन्छ ।
नगरपालिकामा कर्मचारीहरू हडतालमा उत्रेका कारणले अत्यन्तै संवेदनशील खोप कार्यक्रम बन्द रहेको छ । जस कारणले बालबालिकाको स्वास्थ्यमा समस्या आउने खतरा रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप अधिकृत रामउद्गार झाले बताउनु भयो । शिशुहरूलाई समयमा खोप दिएको खण्डमा प्राणघातक रोगबाट जोगाउन सकिने भएकाले नियमित खोज जस्ता कार्यक्रम रोक्ने अवस्था आउन नहुने उहाँको कथन रहेको छ । नगराईन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखका बीचमा योजनाको सञ्चालन तथा अनुगमन सहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन नसकेपछि कर्मचारीहरूले तलब भत्ता नपाएपछि हडतालमा उत्रेपछि खोप जस्तो संवेदनशील विषय रोकिएको छ । समस्या समाधानका लागि पटक पटक प्रयास गर्दा समस्या समाधान नभएका कारणले खोप जस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको बताउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जानकारी दिनु भएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७