१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २४ गतेको अन्तिम आदेशले कसुर ठहर हुने भन्दै थापालाई कैदसँगै ३० हजार क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताउँनुभयो ।
०७८ भदौ ९ गते बालिकालाई अपहरण गरि बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले थापालाई ०७८ भदौ २७ गते चितवनबाट गिरफ्तार गरि कात्तिक ७ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
थापा जिल्ला अदालतको ०७८ कात्तिक ८ गते आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।