बालसुधार गृहमा क्षमता भन्दा बढी कानूनको विवादमा परेका बालकहरू राख्दा विभिन्न खालका स्वास्थ्य समस्या भएको बालसुधार गृह प्रशासनले जनाएको छ ।
भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भएपनि ८३ जना कानुनको विवादमा परेका बालकहरूलाई राख्नु पर्दा बालकहरू आधारभूत अधिकारबाट वञ्चित भएका छन् ।
बालसुधार गृहमा ८३ जना बालकहरू मध्ये ३६ जना कैदी र ४७ जना थुनुवाहरू रहेको जिल्ला बालसुधार गृहका प्रमुख सुभद्रा गौतमले बताउनु भयो ।
क्षमता भन्दा बढी व्यक्ति राख्नु पर्दा छालाको सङ्क्रमण, दाद, लुतो, चिकेनपक्स, नशाका समस्याहरू, आँखामा समस्या, पाइल्स र हाइड्रोशिल जस्ता समस्याहरूले दुख दिएको गर्मीको समयमा बस्न, सुत्नलाई पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको छ ।
हाल बालसुधार गृहमा चार जना क्षयरोगका, एक जना चिकेनपक्सका, पाँच जना नशाका, चार जना आँखाको समस्या, तीन जना पाइल्सका र तीन जना हाइड्रोशिलका समस्या भएका बालकहरू रहेका छन् ।
२०७५ भदौ १ गतेबाट सञ्चालन भएको बालसुधार गृहमा क्षमता भन्दा बढी बालकहरु राख्नुपर्दा, हिडडुल गर्न नपाएपछि नशाको समस्या आएको, घाम देख्न नपाउँदा छाला सम्बन्धि सरूवा रोगको प्रकोप जस्ता समस्या भएका विरामीहरू छन् ।
देशभरी मोरङ, रुपन्देही, भक्तपुर, कास्की सराङकोट, पर्सा, होटौडा, बाँके र डोटी गरी आठ जिल्लामा रहेका छन् ।