INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी घटनाकी पीडित महिलाद्वारा न्यायको लागि पहल गर्न माग

सिद्धलेक गाउँपालिका–२ बिसटारीकी ४७ वर्षीया हिरादेवी सिलवालले आफूलाई कथित बोक्सि आरोप लगाएर कुटपिट गर्ने छोरीहरूसहित पतिलाई कारबाही गर्न पुस २४ गते इन्सेक जिल्ला प्रतिनिधि मार्फत आग्रह गर्नु भएको छ । 

पति ५० वर्षीय वीरबहादुर सिलवालछोरीहरू २७ वर्षीय सीता सिलवाल र २४ वर्षीय सिर्जना सिलवालले पुस १७ गते बिहान बोक्सी बुढी भनेर कुटपिट गरेपछि आफू घाइते अवस्थामा भागेर ज्यान जोगाएको पीडितले बताउनुभयो ।

कुटपिटबाट घाइते पीडितले जिल्ला अस्पतालमा उपचार गरी पुस १८ गते घर जाँदा घरभित्र बस्न नदिएर दुई रात चिसोमा बाहिर बस्नुपरेपछि पुस २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । 

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाले बताउनुभयो । हाल माइतिपक्षको संरक्षणमा बस्नुभएका पीडितले आफूले हुर्काएको सन्तान र आफ्नो भनिएको पतिले घाइते हुनेगरि कुटेर घर निकाला गरेकोले न्याय दिलाउन इन्सेकसँग आग्रह गर्नु भयो । 

पीडितको उपचार धादिङ अस्पताल ओसिएमसिमा पुस २४ गते इन्सेकको पहलमा गरियो । 

घरबाट विस्थापित पीडित माइती घरमा आश्रय लिएर बस्नुभएको छ । 

अन्य

भिडियो