INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अनुगमन समिति तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

पाल्पा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्ला अनुगमन समिति गठन गरेको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार समितिको सहसंयोजकमा इन्सेक पाल्पा प्रनिनिधि यज्ञमूर्ति तिमिल्सिना र नेपाल मानव अधिकार संगठन पाल्पाका अध्यक्ष त्रिलोचन पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरूमा मानव अधिकार शिक्षा मञ्चका अध्यक्ष माधव बस्याल, शान्तिका लागि साझा अभियान कोक्यापका क्षेत्रीय संयोजक राजेन्द्र बस्याल र राष्ट्रिय निर्वाचन पर्यबेक्षण समिति नियोक पाल्पाका शङ्कर भण्डारी रहेका छन् ।

समितिले निर्वाचनको सम्बन्धमा आचारसंहिता उल्लङ्घनको अवस्थारबारे अनुगमन गरी सम्बन्धित निकायलाई जानकारी गराउने, निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी रुपन्देही जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अनुगमनका लागि जिल्ला अनुगमन समिति गठन गरेको छ ।

तीन सदस्यीय समितिमा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी., नेपाल मानव अधिकार सङ्गठनका जिल्ला सचिव पवन पौडेल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) का केन्द्रिय सदस्य मिलन गाहा रहेका छन् ।

इन्सेक ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार ओखलढुङ्गामा जेठ १५ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला स्तरीय सञ्जाल गठन गरिएको छ । जिल्लास्तरीय नागरिक सचेतना समूहको बैठकले इन्सेक प्रतिनिधिको संयोजकत्वमा सञ्जाल गठन गरेको हो । ११ सदस्यीय सञ्जालमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नियोक, जिल्लास्थित सामुदायिक रेडियोका प्रतिनिधिहरू सदस्य रहेका छन् । सञ्जालले निर्वाचनका क्रममा हुने आचारसंहित उलंघनका घटना अनुगमन गरि निर्वाचनलाई स्वच्छ बनाउन प्रयास गर्ने निर्णय भएको छ ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार स्थानीय तहको निर्वाचनलाई स्वच्छ, एवम् धाँधलीरहित बनाउन निर्वाचनमा पर्यवेक्षण गर्ने संस्थाहरूको भेलाले कपिलवस्तुमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरेको छ । भेलाले मानव अधिकार सङ्गठनका अध्यक्ष रामदयाल ठाकुरको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको छ ।

उक्त कमिटीमा इन्सेक प्रतिनिधि नन्दराम पौडेल सचिव र सदस्यहरूमा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रविणकुमार श्रीवास्तव, नियोकका जिल्ला अध्यक्ष पशुपतिमणी त्रिपाठी, नेपाल मतदाता अधिकार मञ्चकी सदस्य माया ज्ञवाली, नेपाल पत्रकार महासङ्घका सचिव हरि अधिकारी, नेपाल बार एसोसियसन इकाई कपिलवस्तुका अध्यक्ष भोला बिक, माहुरी होमकी महासचिव लक्ष्मी श्रेष्ठ, परिवर्तनका लागि सामूहिक अभियानका बसन्त बञ्जाडेलगायत रहेका छन् ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीमा ११ सदस्यीय सञ्जाल गठन गरिएको छ । सञ्जालमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, सामुदायिक रेडियो प्रसारक सङ्घकी प्रदेश नं. २ कोषाध्यक्ष प्रमिलाकुमारी चौधरी, सप्तरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधान, जिल्ला बार इकाई, सप्तरीका अध्यक्ष रामप्रसाद चौधरी, नागरिक समाज, सप्तरीका अध्यक्ष थानसिंह भन्साली, गैरसरकारी संस्था महासङ्घ, सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी, मधेसी पत्रकार समाज, नेपालका केन्द्रीय सचिव सञ्जिबविक्रम साह, राजविराज जेसीजका अध्यक्ष सन्तोष सिन्हा, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह र सहयोगी समाजका परियोजना अधिकृत देवनारायण चौधरी रहेका छन् ।

अन्य

भिडियो