INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानविय व्यवहार गर्नेलाई ६ महिना कैद, ढिलो फैसलाले सात महिना बढी बस्नु पर्‍यो जेलमा

डाक्नेश्वरी नपा–९ की दुर्गादेवी साहलाई “बोक्सी”को आरोप लगाएर अमानविय व्यवहार गरेको आरोपमा सोही ठाउँका ५२ वर्षीय बिजली साहलाई ०७९ पुस २० गते ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रैष्ठको इजलाशले आरोपितलाई कैद र जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।
अन्य आरोपितहरु सोही ठाउँका ५९ वर्षीय तुलसी साह, ५० वर्षीया मीनादेवी साह र २३ वर्षीय विशाल साहले सफाई पाएका छन् । ०७८ फागुन ३० गते गिरफ्तार भएका तुलसी पुर्पक्षका लागि २० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । यस्तै ०७९ भदौ ९ गते अदालतमा हाजिर भएका मीनादेवी र विशाल पुर्पक्षका लागि जनही १ लाख रुपियाँ धरौटी राखेर रिहा भएका थिए ।
आरोपितहरुले ०७७ मङ्सिर ५ गते “बोक्सी” भन्दै गालीगलौज र कुटपिट गरेको आरोप लगाउँदै पीडित दुर्गादेवीले दिनु भएको उजुरी उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेशपछि मात्र जिल्ला प्रहरी कार्यालयले ०७८ मङ्सिर ५ गते दर्ता गरेको थियो ।
गिरफ्तार भई अभियुक्त ठहरिएका बिजली ०७८ मङ्सिर २८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अदालतले ढिलो फैसला गर्दा उनी तोकिएको कैद सजाय भन्दा ६ महिना २२ दिन बढी बस्नु परेको छ ।

अन्य

भिडियो