INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षिया महिलालाई ०७९ पुस १८ गते बलात्कार गरेको आरोपमा दुधौली नपा-१३ का ४५ वर्षीय तेजबहादुर सुनुवारलाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले पुस २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

घटनाका आरोपीतलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको केसीले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा पुस २१ गते गरिएको छ ।

अन्य

भिडियो