INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार कसुरमा २० दिन कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले विर्तामोड नगरपालिका–४ का ५१ वर्षीय नेत्रप्रसाद वाग्लेलाई २० दिन कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेलको पुस १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाइले बताउनु भयो ।

बालिकालाई ०७९ जेठ ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वाग्लेविरुद्ध जेठ २६ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले जेठ २६ गते जिल्ला अदालतमा असार १४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको असार १५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको थियो ।

अन्य

भिडियो