१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हरिनास गाउँपालिकाका २४ वर्षीय रमेश क्षेत्रीलाई प्रहरीले पुस ११ गते हरिनास बाट गिरफ्तार गरेको थियो ।
आरोपितलाइ अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा राखिएको थियो ।
आरोपितलाइ म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ् स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा वडा प्रहरी कार्यालय वालिङ्बाट पुस १८ गते साँझ पर्खाल नाघेर फरार रहेको डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार गएरातीदेखि नै खोजीकार्यलाई तीव्र पारिएको छ ।