INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै बलेफी गाउँपालिका-५ बिन्जेलका २८ वर्षीय रामहरी तिमल्सिना विरुद्ध ०७९ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले पुस १७ गते बिन्जेलस्थित बाटोमा हिँडिरहेको अवस्थामा समातेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

पीडितको स्वास्थ्य परीक्षण पुस १९ गते चौतारा अस्पतालमा  गरियो ।

घटनाका आरोपित फरार रहेकोले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।

अन्य

भिडियो