INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–२४ का २३ वर्षीय मनोज दासलाई इलाका प्रहरी कार्यालय लहानले पुस १५ गते गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै  पीडितकी आमाले  पुस १५ गते इलाका प्रहरी कार्यालय लहानमा  उजुरी दिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

 

अन्य

भिडियो