INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय बिभेद घटनाका आरोपित गिरफ्तार

जुगल गाउँपालिका–२ कुम्भेश्वरकी २८ वर्षीया रश्मिता बिसंखेलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा जुगल गाउँपालिका–२ का ३५ वर्षीय मिनबहादुर वाइबालाई प्रहरीले ०७९ पुस १७ गते गिरफ्तार गरेको छ ।

आरोपित वाइबाले पुस १३ गते कुम्भेश्वर स्थित मुलबाटोमा व्यक्तिगत रिसइविले सार्कीको सन्तान भन्दै जातीय विभेद गरी कुटपिट गरेको पीडितको आरोप छ ।

पीडितले पुस १४ गते जातीय विभेद गरी सार्वजनिक स्थलमा कुटपिट गरेको भन्दै आरोपित वाइबाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा प्रमुख हरिबोल के.सी.ले बताउनुभयो ।

अन्य

भिडियो