१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई पुस १२ गते बेलहियाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै पीडितले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
आफूलाई आरोपितले बाटोमा हिडिरहेको बेला छेकेर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परिक्षण पुस १२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।