नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ ।
आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका बुबाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १० गते उजुरी दिनुभएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १० गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीबहादुर वलि अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।