मुखियापट्टी मुसहरनिया गाउँपालिका—३ का ४० वर्षीय धनुक दासलाई अपरिचित व्यक्तिहरूको समूहले पुस ९ गते गोली प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
दास घरमा बसिरहेको बेलामा दुई जनाको समूहमा आएका नकावधारी व्यक्तिले गोली प्रहार गरेको स्थानीय राहुल यादवले बताउनु भयो ।
बाँया कोखमा गोली लागेर गम्भीर घाइते हुनुभएका दासको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनु भयो ।
दमकलका मेकानिकल इञ्जिनियर दास काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अपरिचित व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्घृत गर्दै डिएसपी क्षेत्रीले बताउनु भयो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा पुस १० गते गरिएको छ ।