INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार आरोपमा तिन जना शिक्षक गिरफ्तार

विद्यालयले आयोजना गरेको वनभोज कार्यक्रममा विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले गैंडाकोट नगरपालिका– ८ स्थित विजय आधारभूत विद्यालयका तिन जना शिक्षकलाई गिरफ्तार गरेको छ ।

पुस ९ गते विद्यालयले चितवनको कंकाली सामुदायिक वनमा आयोजना गरेको वनभोज कार्यक्रममा मदिरा सेवनगरी विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले पुस ११ गते विद्यालय परिषरमा नाराबाजी गरेपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, शिक्षकहरू मदन भट्टराई र कुमार सापकोटालाई गिरफ्तार गरेको हो ।

घटना स्थल चितवन जिल्ला भएको कारण जिल्लामा घटनाको विषयमा मुद्दा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी भुवनेश्वर तिवारीले बताउनुभयो । गिरफ्तार गरिएका तिनै जना शिक्षक ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटनाको विषयमा चितवन प्रहरीसंग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो