४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका– १३ का २५ वर्षीय आशिष बि.क. लाई पुस ९ गते गिरफ्तार गरेको छ ।
पुस ९ गते साँझ आरोपित बि.क.ले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले पीडित पक्षको मौखिक उजुरीको आधारमा आरोपित बि.क.लाई पुस ९ गते नै गिरफ्तार गरेको थियो ।
पीडित पक्षबाट लिखित उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका वरिष्ट सई टिकाराम पोखरेलले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण पुस ९ गते मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी मा गरिएको थियो ।