टीकापुर नगरपालिका–१ गणेशपुर शिविरका ५९ वर्षीया मुगादेवी जैसीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति भगीरथ जैशीलाई पुस १० गते गिरफ्तार गरेको छ ।
आरोपितले मङ्सिर २८ गते घरायसी विवाद हुँदा टाउँकोमा बन्चरो प्रहार गरी घाइते बनाएको अवस्थामा पीडितलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको ईलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी हेम शाहीले बताउनु भयो ।
घाइतेको आफन्तको अनुरोधमा कोहलपुरबाट मोहन्याल गाउँपालिका–७ ज्यामिरे लैजाँदै गर्दा पुस ९ गते बाटोमा मृत्यु भएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका डिएसपी शाहीले बताउनु भयो ।
शवको पोष्टमार्टम पुस १० गते टिकापुर अस्पतालमा गरी आफन्तको जिम्मा लगाइएको छ ।