INSEC Online

📅 २०८३ जेष्ठ २२

हुम्लाका बाढीपहिरो पीडित राहतबाट बञ्चित

गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले पुर्णरुपमा क्षती बनाएर पीडित भएका घरपरिवारले राहत नपाएको गुनासो गरेका छन् ।वर्षाले घर भत्काएर क्षेती बनाएपछि हाल अर्काकै घरमा बस्दै आएका करीव ६० घरपरिवारले राहत नपाएको गुनासो गरेका हुन् ।

पुस ८ गतेदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालयले जिल्लामा बाढीपहिरोबाट पीडित भएर १ सय १३ घरपरिवारलाई प्रतिघरधुरी १० हजार रुपियाँका दरले राहत वितरण गरे पनि ताँजाकोट, सर्केगाड र नाम्खा गाउँपालिकाका करीव ६० घरधुरी राहत पाउनबाट बञ्चित भएका छन् ।

ताँजाकोट गाउँपालिकामा बाढीपहिरोबाट २५ घरधुरी आवसको खोजि कार्यमा छन् । तर तिनिहरू कसैले पनि राहतको महसुस गर्न नसकेको स्थानीय केशव बुढाले गुनासो गर्नु भएको छ । स्थानीय बुढाका अनुसार गाउँपालिकाले हालसम्म राहत उपलव्ध नगराएको र रेडक्रसले पनि राहत वितरणको विवरणमा नराखेपछि आफुहरू सो राहतबाट बञ्चित हुनु परेको बताउनु भएको हो ।

त्यस्तै गत असोजमा परेको अविरल वर्षाले सर्केगाड गाउँपालिकाका २० घरधुरी अहिले अर्काको घरमा बस्दै आएका छन् । उनिहरूलाई पनि रेडक्रस शाखाले विवरण सङ्कलन गर्न छुटाएको स्थानीय पहिरो पीडित कुम्मेर रोकायाले गुनासो गर्नु भएको छ । स्थानीय रोकायाले “भन्नु भयो” सर्केगाडका बाढी पहिरो पीडित घरपरिवारको विवरण प्रहरीलाई मुचल्का गरि पठाएको भए पनि राहत नआएको हो ।

नाम्खा गाउँपालिकाका १५ घरधुरीका लागि पनि राहत उपलव्ध नभएको स्थानीय कुंगा लामाले गुनासो गर्नु भएको छ । तर हुम्लाका सिमकोट, अदानचुली, चंखेली र खार्पुनाथ गाउँपालिकाका १ सय १३ वटा बाढीपहिरो पीडित घरपरिवारलाई सो राहत वितरण गरिएको रेडक्रस सोसाइटी शाखा कार्यालयका सभापति गणेश महतले बताउनु भएको हो ।

जसमा खार्पुनाथका २८, सिमकोटका ५६, चंखेलीका चार र अदानचुली गाउँपालिकाका २५ घरधुरीलाई रेडक्रसको १२ लाख ५० हजार रकमबाट स्थानीय पहिरो पीडितहरूले राहत पाएका छन् । बाढी–पहिरोबाट सर्केगार्ड, ताँजाकोट र नाम्खा गाउँपालिकाका पूर्णरुपमा क्षति भएका पीडित भए पनि प्रहरी मुुचुुल्का सहितको विवरण नआएका कारण उनीहरूले राहत नपाएको सभापति महतको भनाई छ ।

छुुटेका घरधुरीको प्रहरीमार्फत विवरण सङ्कलन गरिने र जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर आर्थिक सहयोग उपलब्ध गराउनका लागि रेडक्रस केन्द्रलाई अनुरोध गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनु भएको छ ।

अन्य

भिडियो