INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

रास्कोट नगरपालिका–५ निवासी साझा खबर अनलाइनमा कार्यरत पत्रकार एवम मानव अधिकारकर्मी ३५ वर्षीय विर तिरुवालाई रास्कोट नगरपालिका–१ का ३० वर्षीय अशोक शाही, उहाकी  पत्नी २७ वर्षीया साविना शाही, साली  २४ वर्षीया पशुविना शाही (प्रीया) र २७ वर्षीया मैना शाहीले जातीय विभेद गरेको आरोपमा पीडितले पुस ८ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले पुस ६ गते सार्वजनिक स्थलमा ‘विभेदित शब्द’ प्रयोग गर्दै गाली गर्नुका साथै अपमान गरेको पीडितले आरोप लगाउनु भएको छ । साथै आरोपीहरुले जनाले सामाजिक सञ्जाल  फेसबुकमार्फत पनि जातीय विभेद हुने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गदै गाली गलौज गरेको बताउनु भएको छ ।

जातीय विभेद तथा दुर्व्यवहारगरेको भन्दै पीडितपक्षबाट जातीय छुवाछुत तथा दुर्व्यवहार सम्बन्धी उजुरी अएकाले घटनाका विषयमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।

नेपालको संविधान २०७२ को धारा ४० मा दलितको हक र धारा २४ मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था गरिएको छ ।

यस्तै कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा–१६६ उपदफा (१) अनुसार तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो