INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

राजबिराज नपा–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको हत्या आरोपमा उनका पति ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पुस ६ गते सर्वस्वसहित जन्मकैद भएको छ ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलाशले आरोपितलाई सर्वस्वसहित जन्मकैद फैसलाको सजाय गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

राजविराज नपा–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउको तथा निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा मङ्सिर १० गते शव फेला परेको थियो । आरोपित मङ्सिर १० गते नै गिरफ्तार भएका थिए ।

रजक दम्पति राजबिराज नपा–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दिपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए । शवको पोष्टमार्टम मङ्सिर १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ ।

मृतकका बुवा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर १० गते किटानी उजुरी दिनुभएको थियो । आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतमा समेत हत्या स्विकार्दै साविती वयान गरेपछि अभियोग पत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ ।

अन्य

भिडियो