INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोरङ्ग,मिक्लाजुङ्ग गाउँपालिका–९ का २० वर्षीय जनु विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश डाक्टर रमेशप्रसाद रिजालको पुस ४ गतेको आदेशले कैद सजायसँगै कसुरदारबाट ५० हजार रुपियाँ जरिबानाको फैसला भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाईले बताउनु भयो ।

पीडित बालिकालाई विश्वकर्माले ०७६ माघ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले विश्वकर्माविरूद्ध ०७६ माघ ८ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले सोही दिन विश्कर्मालाई गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७६ फागुन ४ गते बलात्कार शीर्षका मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको फागुन ५ गतेको आदेशले आरोपित पुर्पक्षका थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ ८ गते गरिएको थियो ।

अन्य

भिडियो