INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपाद्वारा मशाल जुलुश प्रदर्शन

मधेशको माग सम्बोधन बिना नै सरकारले दोस्रो चरणको चुनाव गराउन लागेपछि राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार जेठ १३ गते महोत्तरीमा मशाल जुलुस निकालेको छ । राजपा नेपालका नेता तथा कार्यकर्ताहरूले परिमार्जन सहितको संविधान संशोधन गर, झुठा मुद्दा फिर्ता गर लगायतका नारासहित मसाल जुलुस निकालेका हुन् ।

त्यसैगरी इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार मधेसीको माग अनुसारको संविधान संशोधन नगरी स्थानीय तहको चुनाव गराउन खोजेको आरोपमा मधेसी मोर्चाले जनकपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

संविधान संशोधन नगरेको खण्डमा मधेशी समुदाय कुनै पनि हालत चुनावमा भाग नलिने र चुनाव बहिष्कार गरी उम्मेदवारहरूलाई ‘मोसो दल्ने’ राजापाका जिल्ला संयोजक परमेश्वर साहले बताए ।

अन्य

भिडियो