१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका महादेवा गापा–५ साविक भगवतपुर गाविस–१ का २० वर्षीय शंकरकुमार खंगविरुद्धको उजुरी २०७९ पुस ६ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जानकारी दिएको छ ।
पीडित बालिकालाई ०७४ फागुन १९ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा फागुन २० गते उजुरी दिनु भएको थियो । दिशापिसाब गर्न घर बाहिर निक्लिएका बेला आरोपितले बलात्कार गरेको पीडितले बताउनु भएको छ । पीडितको राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७४ फागुन २० गते स्वास्थ्य परिक्षण गरी प्रहरीले उजुरी दर्ता गरेको थियो । प्रहरीले उजुरी दर्ता गरी आरोपितको खोजीकार्य गरेपनि हालसम्म फेला नपरेको जनाएको छ ।
जिल्ला अदालतलमा ०७५ भदौ १९ गते अभियोगपत्र दायर भएको थियो भने सोही दिन अदालतले आरोपितका नाममा वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।