INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय असिर आलमविरुद्धको उजुरी २०७९ पुस ६ गते मुल्तबीमा राख्ने फैसला गरिएको छ ।
जिल्ला न्यायधीश माधवप्रसाद सुवेदीको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
पीडित बालिकालाई पछिल्लो पटक २०७५ साउन १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७५ भदौ १४ गते उजुरी दिनुभएको थियो । पीडितको राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ भदौ १५ गते स्वास्थ्य परिक्षण गरी प्रहरीले उजुरी दर्ता गरेको थियो । प्रहरीले उजुरी दर्ता गरी आरोपितको खोजीकार्य गरेपनि हालसम्म फेला नपरेको जनाएको छ ।
जिल्ला अदालतमा ०७५ माघ ११ गते अभियोगपत्र दायर गरिएको थियो । जिल्ला अदलातमा ८ ओटा तारेख पेशी पछि मुद्दा मुल्तबीमा राख्ने फैसला भएको हो ।

अन्य

भिडियो