INSEC Online

📅 २०८३ जेष्ठ २२

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणकालागि हानिकारक

प्लाष्टिकजन्य पदार्थहरू जलाउँदा मानव स्वास्थ्य र पर्यावरणकालागि हानिकारक रहेको भन्दै सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकजन्य पदार्थ नजलाउन नगरवासीहरूलाई आग्रह गरेको छ ।

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणकालागि अत्यन्तै हानिकारक र घातक भएको भन्दै नगरपालिकाले नगरवासीहरूलाई आग्रह गरेको हो ।

नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न र नागरिकको जनस्वास्थ्यमा सम्वेदनशिल बन्नकालागि पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरूमा आगो नलगाउन आग्रह गर्दे पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुने र मानिसको स्वास्थ्यमा असर पर्ने भएकोले यस्ता कार्य नगर्न र नगराउन नगरवासीहरूलाई आवहन गरेको छ ।

चिकित्सकहरूका अनु्सार  जलााउदा वातावरणका साथै नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेका छ ।  ‘प्लाष्टिक जन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्यमा असर परेको हुँदा उक्त कार्य नगर्नकालागि सूचना मार्फत नगरवासीलाई सूचित गरेको र अटेर गरेमा कानुन बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले इन्सेककर्मीलाई बताउनु भयो ।

एकातिर प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कोतिर चाडो नगल्ने, नसड्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यकालागि खतरा बन्दै गएको छ ।

हिमाल, जंगल, तालतलैया र नदि–नाला, सबैतिर फ्याकिएका प्लाष्टिकको फोहोरले कुरूप वनाउदै गइरहेको छ । हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरू, शिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । उक्त तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक बनाउन प्रयोग गरिन्छ जुन मानव स्वास्थ्यका लागि घातक हुन्छ ।

यस्ता विषाक्त तत्वहरू सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अङ्गहरूका क्रियाशिल कोषहरूलाई मार्न सक्रिय हुने र खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको शिशु र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मार्ने गर्दछ ।

यसले मोटोपन बढ्ने, पुरुषहरूको स्तन बढ्ने, केटीहरूमा समय पूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरूष ग्रन्थि (प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुङ्शकता, बाँझोपन, हर्मोन गडबडी र गर्भ मै बच्चा मर्ने अथवा विकलाङ्क बच्चाहरू जन्मने जस्ता समस्या देखिने गर्दछ ।

जथाभावी अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पु¥याउने हुँदा नगल्ने प्लाष्टिकबाट बच्नका लागि जलाउने र  जलनवाट वातावरणमा कार्वनडाइअक्साइड, कार्वन मनोअक्साइड र अन्य विषालु ग्याँसहरूको मात्रा वढ्न गई मानव स्वास्थ्यमा विभिन्न समस्या बढ्न मानिसको मृत्युको कारण बन्न सक्छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवाका इमर्जेन्सी विभाग प्रमुख डाक्टर मनोहर जोशीले प्लाष्टिक जन्य पदार्थबाट हुने धुँवाले अन्य वस्तुबाट हुने हानीको तुलनामा गुणात्मक असर पारी पाचन क्रियामा समस्या, पेटको समस्या, लिभरको समस्या, फोक्सो र घाँटीको क्यान्सर लगायतका समस्याहरु हुने भएकोले प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निस्तेजित गर्नुपर्ने बताउनु भयो ।

प्लाष्टिक जन्य पदार्थको जलनवाट उत्पन्न ग्यासले पर्यावरण तातिदै जाने ‘ग्लोबल वार्मिङ’को समस्या ल्याउने खतरा बढने र प्लास्टिक बिसर्जन गर्न यसलाई खाल्डो खनेर गाडिदिने गरिन्छ । प्लाष्टिककै कारण माटोले उर्वराशक्ति गुमाउदा उब्जाउमा असर पुग्छ ।

पर्यावरणिय समस्याका साथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखापरेका भयावह रोगहरूको कारक पनि प्लाष्टिकलाई मानिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् ।

हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्री वितरणलाई निरुत्साहित विभिन्न कानुनहरूको व्यवस्था गरि नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साही गर्ने खालको कानुन छ । तर, कानुनले मात्र यसको प्रयोगलाई घटाउन सकिदैन् । यसका लागि जनचेतना वा हरेक व्यक्ति आफैमा सजग हुन जरूरी हुन्छ ।

अन्य

भिडियो