INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्दे-६ घर भई दानाबारी-८ मा बस्दै आएका  ३० वर्षीय क्रान्ति आलेलाई प्रहरीले घटना भएको दुई महिनापछि जेठ १० गते गिरफ्तार गरेको छ ।

०७३ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै चैत ६ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै फरार रहेका आलेलाई प्रहरीले जेठ १० गते झापाको काकडभिट्टाबाट गिरफ्तार गरी प्रहरीले जेठ ११ गते जिल्ला अदालत इलाममा उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अन्य

भिडियो