INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ, सिरीजङ्घा गाउँपालिका–२ स्थायी घर भइ मेचीनगर नगरपालिका–८ का ५४ वर्षीय रामकुमार खड्कालाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश इश्वरमणि ओझाको मङ्सिर २६ गतेको आदेशले १२ वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १६ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन घरबाटै गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ पुस ८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको पुस ९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ मङ्सिर १६ गते गरिएको थियो ।

अन्य

भिडियो