INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय निर्वाचनमा राजपाद्वारा सहभागी नहुने जानकारी

राष्ट्रिय जनता पार्टी(राजपा) सप्तरीको जेठ १० गते राजविराजमा सम्पन्न बैठकले आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी नहुने जनाएको छ ।

मधेसको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको औँल्याउँदै राजपा सप्तरीले जेठ १० गते एक विज्ञप्ति जारी गरी संविधान संशोधनबिना मधेसमा चुनाव हुन नसक्ने जनाएको हो ।

अधिकारका लागि सङ्घर्षरत मधेसी समुदायले उठाउँदै आएको जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, स्थानीय तहको निर्धारण, प्रदेश सिमाङ्कन र नामाङ्कन, नागरिकता, समावेशी समानुपातिक सहितका कुनै पनि माग सम्बोधन हुन नसकेकोले आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक सुनीलकुमार झाले बताए ।

अन्य

भिडियो