INSEC Online

📅 २०८३ जेष्ठ २२

कर्मचारीमाथि कार्यकक्षमै आक्रमण गरेको आरोपमा उजुरी दर्ता

तिलोत्तमा नगरपालिका–६ घरभई तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत ४० वर्षीय इश्वर भण्डारी माथि कार्यकक्षमा पुगेर आक्रमण गरेको आरोपमा पीडितले ५० वर्षीय खिमान्नद काफ्ले विरूद्ध मङ्सिर २६ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

भण्डारीलाई आरोपितले मङ्सिर २५ गते नक्सामा ६ धुर जग्गा भएको र लालपुर्जामा पाँच धुर जग्गा रहेकोमा नगरपालिकाले पाँच धुरमा मात्र घर बनाउन दिएको आरोपमा कार्यकक्षमा पुगेर दुर्व्यवहार गरेको भन्दै उजुरी दिनु भएको छ ।

आरोपितले ०७४मा दुई तले घर सम्पन्न गरेको र ६ धुर जग्गामा नगरपालिकाले घर बनाउन स्वीकृति नदिंदा  घर सानो भएको भन्दै नगरपालिकाका इन्जिनियर  मनिष खनालसँग कुरा गरिरहेको र त्यहाँ सेवाग्राहीको भिड भएकाले आफ्नो कार्यकक्षमा सम्झाउन पठाएकोमा सम्झाउदै गर्दा आफुमाथि हातपात गरेको भण्डारीले बताउनु भयो ।

पीडितले आरोपित विरुद्ध मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कुटपिट तथा अभद्ध व्यवहार सम्बन्धी कसुरमा उजुरी दिएको बताउनु भयो ।

घटनाका विषयमा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयभित्रै कर्मचारीमाथि हातपात हुनु निन्दनीय भएको भन्दै दोषीमाथि कानुनी कारबाहीकालागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताउनु भयो ।

अन्य

भिडियो