INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध जिल्ला प्रहरीमा उजुरी

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले हरिपुर्वा नपा–३ धनकौलका २६ वर्षीय विक्रम साहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २३ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते पीडितकै घरमा आई यौन दुर्व्यवहार  गरेको र उजुरी दिएको थाहा पाएपछि आरोपित साह ‘फरार’ रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर संगिता पाण्डेले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

अन्य

भिडियो