१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–९ सेहरीका २४ वर्षीय नविन चौधरी र सोही ठाउँका १९ वर्षीय विनोद खत्रीलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
मङ्सिर १८ गते जङ्गलको बाटो भएर बजार गइरहेको अवस्थामा आारोपितद्धयले बलात्कार गरेको जानकारी पीडित बालिकाले बताएपछि आरोपित विरुद्ध मङ्सिर २० गते इलाका प्रहरी कार्यालय, मालाखेतमा उजुरी दिएको पीडितका दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी मङ्सिर २१ गते सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको गरिएको इलाका प्रहरी कार्यालय, मालाखेतीका सई नरेन्द्रसिंह भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।