पञ्चपुरी नगरपालिका–३ तोक्माकी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति अम्मर आले मगरलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
मीना आलेको घाँटी काटी टाउको प्लाष्टिकको थैलोमाबोकेर भाग्दै गरेको अवस्थामा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको तीनजनाको प्रहरी टोलीले सोहीठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको छ । घटनाको कारण भने खुल्नबाँकी रहेको प्रहरीले जनाएको छ ।
आले मगरलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिनु भयो ।