INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

 

३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ईश्वरपुर नगरपालिका–१४ गौरिशङ्करका ४० वर्षीय मदनकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा मङ्सिर १९ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको उजुरी दिएको थाहा पाएपछि आरोपित यादव ‘फरार’ रहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर रोशन थापाले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

अन्य

भिडियो