१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा-२ ठौरीका जुम्ली कान्छोको नामले परिचित २२ वर्षीय प्रकाश रोकायलाई जेठ ४ गते साँझ वीरेन्द्रनगरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई जेठ ३ गते बिहान आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले जेठ ३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएपछि रोकायलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सई रुद्र खत्रीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते क्षेत्रीय अस्पताल सुर्खेतमा भएको प्रहरीले जनाएको छ ।