प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणनाका क्रममा रोकिएको उदयपुर–१ मा मतगणना सुचारू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
१० ओटा मतपेटिकामा उदयपुर १ (२) प्रदेशसभाको १ सय ओटामत पत्र भेटिएपछि मङ्सिर ११ गतेदेखि गणना रोकिएको थियो । आयोगको सहमतिका आधारमा मतगणना अगाडि बढाउन निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई परिपत्र गर्दै आयोगले मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणना अगाडी बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
६३ हजार ८० मतगणना भइसकेपछि थप गणनाको लागि १० ओटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरोध गरेका थिए ।
कुल ७६ हजार ७ सय ५६ मत खसेको उदयपुर –१ मा ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका डाक्टर नारायण खड्काले १ हजार ८ सय २५ मतले अग्रता लिनु भएको छ ।
खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नु भएको छ । एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
