INSEC Online

📅 २०८३ जेष्ठ २१

१० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका चार ओटा मतदानस्थलका १० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितको मङ्सिर १२ गते बसेको बैठकले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिनु भयो । उहाँले मतदानको तयारी सुरु गरिएको पनि बताउनु भयो ।

FB_IMG_1669612908174

निर्वाचन आयोगले मङ्सिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न निर्देशन दिएपछि जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले निर्वाचनको मिति तोकेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको उजुरी दिएपछि निर्वाचन आयोगबाट आएको जाँचबुझ आयोगले मङ्सिर ४ मा सम्पन्न मतदान प्रकृया धाँधली भएको पुष्टि गर्दै पुन: निर्वाचन गर्न सिफारिस गरेका थियो । सोही सिफारिसका आधारमा आयोगले पुन: निर्वाचन गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णय अनुसार बैत्यश्वरको वडा नं. ६ (क, ख, ग),  वडा नं. ३ कालिढुङ्गा (क, ख, ग), वडा नं. २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा मतदान हुने भएको हो ।

अन्य

भिडियो