INSEC Online

📅 २०८३ जेष्ठ २१

अझै मतगणना हुन सकेन सकेन, सत् गठबन्धन दलको दैनिक विरोध प्रदर्शन

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएको ६ दिन हुँदा पनि दोलखाको मत गणना अझै सुरु हुन सकेको छैन ।

देशभरको अन्तिम चुनावी नतिजा धमाधम सार्वजनिक भईरहँदा दोलखामा मत गणना सुरु नैं हुन नसकेको हो ।

मत गणना सुरु हुन नसक्दा जिल्लामा तनाव बढेको छ भने मुख्य निर्वाचन अधिकृतदेखि जिल्लाका सुरक्षा निकायलाई समेत सुरक्षा व्यवस्थापनमा चुनौती बढ्दै गएको छ ।

FB_IMG_1669276201690

मत गणना नभएकै कारण सदरमुकाम चरिकोटमा दिनहुँ विरोध प्रदर्शन भईरहेको छ । सत्ता गठबन्धनका उम्मेदवार मत गणनाको माग गर्दै रिले अनशन बस्नेदेखि मसाल जुलुश र विरोध प्रदर्शनका कार्यक्रममा सहभागी भइरहेका छन् ।

यता नेकपा एमालेले भने केही मतदान केन्द्रमा धाँदलि भएको भन्दै पुन मतदानको माग राखि जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिनुका साथै विज्ञप्त प्रकाशन गरेर सत्ता गठबन्धनविरुद्ध आरोप लगाउँदै आएको छ ।

एमालेले बुथ कब्जाको घटना हुँदा पनि मुख्य निर्वाचन अधिकृत मौन बसेको आरोप लगाएको छ । गठबन्धनका दलहरूले पनि मुख्य निर्वाचन अधिकृतलाई आरोपित गरेका छन् ।

एमालेका उम्मेदवारको उजुरीलाई छलफल विनै निर्वाचन आयोग पठाएर मुख्य निर्वाचन अधिकृतले एमालेको डिजाईनमा मत गणना रोकेको गठबन्धनका दलहरुकरू आरोप छ । गठबन्धनका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतविरुद्ध नारावाजी गर्नुका साथै जिल्ला छाड्न चेतावनी समेत दिएका छन् ।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीले जिल्लाका पाँच ओटा मतदानस्थलमा सत्ता गठबन्धनले बुथ कव्जा गरेको भनेर उजुरी दिएपछि मत गणना हुन नसकेको हो ।

सो उजुरी उपर निर्वाचन आयोगले छानबिन समिति बनाएर छानबिन गरिरहे पनि अन्तिम निर्णय आउन बाँकी रहेको छ । मङ्सिर ४ गते मतदान सकिएर सबै मतपेटिका मतगणना स्थल चरिकोटस्थित गौरीशंकर क्याम्पसमा राखिएको छ ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगको निर्णय आउन ढिलाई भएका कारण समस्या भएको प्रतिक्रिया दिनुभयो ।

आयोगको निर्णय कुरेर बसिरहेको र विधि वमोजिम अघि बढ्ने उहाँले बताउनुभयो । विधि अनुसारको कर्तव्य परिपालना गर्ने आफ्नो जिम्मेवारी भएको भन्दै उहाँले आलोचना र बिरोधले मात्रै समस्याको समाधान नहुने बताउनु भयो ।

FB_IMG_1669276209017

अन्य

भिडियो