सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी बर्दीबास ढुङ्ग्रे घर भई सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने १९ वर्षीय निशान तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले मङसिर ६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा बलात्कार गरेको भन्दै पीडित परिवारले मङ्सिर ६ गते महानगरीय प्रहरी बृत्त थिमिमा जाहेरी दिएका थिए ।
पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।