INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला घर भई अर्घाखाँची सन्धिखर्क-१ बस्ने ४१ वर्षीय अनावर सदा मियाँलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत वैशाख २९ गते बलात्कार गरी बन्धकसमेत बनाएको भन्ने सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर प्रदिपकुमार डिसीले पीडित बालिकालाई जेठ २ गते नै उद्धार गरी बाल पुनःस्थापना केन्द्र पठाइएको जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो