INSEC Online

📅 २०८३ जेष्ठ २१

विरोध कार्यक्रममा सहभागी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले कास्कीबाट गिरफ्तार गरेको छ ।

जेठ ३१ गते कालिकोट घटनामा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सभा गरिरहेका व्यक्तिहरूलाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको हो ।

गिरफ्तार हुनेमा पोखरा-लेखनाथ मनपा-३३ का ४० वर्षीय मिनबहादुर परियार, सोही ठाउँका ४५ वर्षीय अमृत बस्याल, ४२ वर्षीय प्रेमराज मर्साङ्गी, ३८ वर्षीय गिरबहादुर बिक, ३३ वर्षीय कमल बिक र पोखरा-लेखनाथ मनपा-५ का ४३ वर्षीय भोजराज त्रिपाठी रहेका छन् ।

उनीहरूलाई प्रहरीले पोखरा-लेखनाथ मनपा-८ पृथ्वीचोकबाट विरोध कार्यक्रममा सहभागी भएको अवस्थामा गिरफ्तार गरेको जनाएको छ ।

गिरफ्तार गरिएका सबैजनालाई वडा प्रहरी कार्यलय बैदाममा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

अन्य

भिडियो