विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा मङ्सिर ३ गते बिहान फेला परेको बमजस्तो शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
सडकको छेउमा स्थानीयले बिहान साढे ६ बजेतिर शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शङ्कास्पद वस्तु फेला परे लगत्तै नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ ।
जिल्ला प्रहरीका कार्यालयका डिएसपी दीपक श्रेष्ठले रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको बताउनु भयो ।
मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शङ्कास्पद वस्तु बम नभएको सेनाले जनाएको छ ।

