चुनावमा स्वास्थ्यकर्मी पनि खटाएपछि प्रसुति गृहमा नर्सिङ स्टाफको अभाव भएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन तोकेसंगै जिल्लाका स्वास्थ्य चौकी र प्रसुति गृहका स्वास्थ्यकर्मी मतदाना केन्द्रमा खटाएपछि स्वाथ्यकर्मीको अभाव भएको हो ।
२४ सै घण्टा खुला राख्नु पर्ने प्रसुति गृह कार्यालय सहयोगीको भरमा छोडिएको छ । निर्वाचनका लागि ७५ प्रतिशत स्वास्थ्यकर्मी खटाएपछि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव देखिएको हो ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि स्वास्थ्य संस्था प्रसुति गृहका सम्पुर्ण कर्मचारी तथा स्वास्थ्यकर्मी निर्वाचन सम्पन्न गराउन मतदान केन्द्र तर्फ खटिएपछि यस्तै समस्या आएको थियो । तर यतिवेला पनि स्वास्थ्य जस्तो संम्वेदनशिल क्षेत्रलाई ध्यानमा नराखि स्वास्थ्यका स्वाथ्यकर्मीहरुले आफ्नै मानोमानि गरेपछि स्वास्थ्यकर्मीको अभाव भएको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा संयोजक बालराम नेपाली बताउनु भयो । उहाँले भन्नुभयो कात्तिक ३० गतेदेखि मंसिर ४ गतेसम्म निर्वाचनका लागि कर्मचारी तथा स्वास्थ्यकर्मीलाई चुनावमा खटाई सकेको छ । यतिबेला प्रसुति गृहमा गर्भवती महिला आएर स्वास्थ्यकर्मी नभएर घटना घटेको खण्डमा को जिम्मेवारी हुने निकै सोचनिए विषय बनेको छ ।
गुठीचौर गाउँपालिकाको देपालगाउँ, मनिसाँघु र झारज्वाला (धवलमुडी) गरी तीन ठाउँका स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालन गरिएको छ । ती तिनै प्रसुति गृहका नर्सिङ स्टापलाई निर्वाचनमा खटाएको छ । प्रसुति गृहमा नर्सिङ स्टाप नहुदा प्रसुतिका कुनै काम हुदैनन् । गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा संयोजक नेपालीका अनुसार स्वास्थ्य जस्तो संवेदनशिल अवस्था ख्यालै नगरी स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाएको छ । यो नहुनु पर्ने हो । उहाँले भन्नुभयोे यो विषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारीसँगसमेत छलफल भएको हो । तर सुनुवाई भएन ।
जुम्लाका आठ वटा स्थानीय तहको स्वास्थ्य संयोजक, उपसंयोजक, स्वास्थ्य चौकीका अहेव अनमी र प्रसृति गृहका नर्सिङ स्टापलाईसमेत ७५ प्रतिशत स्वास्थ्यकर्मी निर्वाचनमा खटाएको पाइएको छ ।
नागरिक समाज अगुवा राजबहादुर महतले भन्नुभयो जिल्लामा अरु धेरै निजामति कर्मचारी छन् । स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउनु हुदैन थियो । स्वास्थ्य संस्था नै ठप्प हुने स्वास्थ्यकर्मी निर्वाचनमा खटाउनु स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हेल्च्ग्राई गर्नु हो ।
निर्वाचनका लागि कार्तिक ३० गतेदेखि कर्मचारी मतदान स्थलतर्फ खटाईएको छ । ४/५ दिन उनीहरु निर्वाचनमै बेस्त हुन्छन् । यता समुदाय तथा स्वास्थ्य सेवा नपाएर कुनै घटना घटेको खण्डमा यसको जिम्मेवारी को हुने नागरिक अगुवा महतले भन्नुभयो यो विषयमा राज्यले बुद्धि नपुयाएकै हो । आगामी निर्वाचनमा यस्ता विषय सोचनीय हुन आवश्यक छ ।
हिमा गाउँपालिकामा स्थायी र करार गरी ३३ जना स्वास्थ्यकर्मी छन् । ३३ जना मध्ये २८ जना निर्वाचनमा खटिएका छन् । ५ जना करार स्वास्थ्यकर्मी र सहयोग मात्रै स्वास्थ्य संस्थामा छन् । हिमा गाउँपालिकाको कालिकाखेतुमा २४ सै घण्टा खुला गर्नु पर्ने प्रथामिक स्वास्थ्य चौकी र बड्की र महावैपाथरखोलामा प्रसुति गृह छन् । तर हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतन रावतले भन्नुभयो स्वास्थ्य सेवामा समस्या नहुने गरी स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटनपटन गरिएको छ ।
यस्तै तातोपानी गाउँपालिका ५९ जना स्वास्थ्यकर्मी मध्ये ७० प्रतिशत स्वास्थ्यकर्मी निर्वाचनमा खटाएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताउनुभयो । उहाँले भन्नुभयोे स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखाउनु पर्ने हो । निर्वाचन भन्दै स्वास्थ्य क्षेत्रमा ख्याल नगरिएको देखिन्छ ।
यस्तै पातारासी गाउँपालिका ४७ जना स्वास्थ्यकर्मी ७५ प्रतिशत, कनुकासुन्दरी गाउँपालिका ६५ जना स्वास्थ्यकर्मी मध्ये ५० प्रतिशत स्वास्थ्यकर्मी निर्वाचनमा खटिएका छन् । सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिकामा पनि यस्तै देखिएको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउन नहुने भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीले भन्नुभयो स्वास्थ्य संस्था बन्दै हुने गरी परिचालन गरिएको छैन । उहाँले भन्नुभयोे अस्पताल, टेलिफोन, विद्युत जस्ता कार्यालयबाट कर्मचारी निर्वाचनमा खटाएको छैन । स्वास्थ्य चौकीका केही स्वास्थ्यकर्मी सेवा प्रवाहमै राखिएका छन् । जिल्लामा १५ सय बढी कर्मचारी छन त्यसमध्येमा ८ सय ४८ जना मात्रै निर्वाचनमा खटाएको छ । निर्वाचन जस्तो महापर्वमा जिल्लाको सवै स्रोत प्रयोग गर्नुपर्ने हुन्छ ।