INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदानस्थल अपाङ्गमैत्री नहुँदा मताधिकारबाट वन्चित

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सल्यानमा २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थल रहेका छन् । तीमध्ये अधिकांश मतदानस्थल विद्यालय क्षेत्रमा भएका र तीन/चार दशक अघि निर्माण भएका कारण मतदानस्थल अपाङ्गमैत्री छैनन् ।

पछिल्लो समयमा मतदानस्थलसम्म गाडी पुग्ने गरेपनि मतदानस्थल पूर्णरुपमा अपाङ्गमैत्री हुन नसकेको कल्याणकारी अपाङ्ग सेवा सङ्घ सल्यानका अध्यक्ष कृष्ण बुढाले बताउनुभयो । जिल्लामा अहिले अपाङ्गता भएकाहरूको सङ्ख्या ६ हजार भन्दा बढी रहेको त्यसमध्ये क र ख वर्गका २ हजार भन्दा बढी सङ्ख्या रहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

मतदानस्थल अपाङ्गमैत्री नहुँदा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिले मतदान प्रकृयामा सहभागी हुँदा समस्या व्यहोर्नु पर्ने उहाँको भनाइ छ । गतिलो सडक नभएको र अन्य व्यवस्थापन पनि नभएकाले एक्लै जाने अवस्था नरहेकै कारण मतदानस्थल अपाङ्गमैत्री नभएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । ‘धेरै मतदानस्थलसम्म गाडी पुग्ने सडक छ । सडकगतिलो नहुँदा ह्विलचियरमा एक्लै जान सकिँदैन । ह्विलचियरकै भरमा मतदानस्थलमा प्रवेश गरेर मतदान गर्न सकिँदैन भने कसरी हुन्छ अपाङ्गमैत्री ? उहाँले प्रश्न गर्नु भयो । उहाँले मतदानस्थल अपाङ्गमैत्री बनाउन सम्बन्धित निकाय समक्ष आग्रह समेत गर्नुभयो ।

जिल्लाका अधिकांश मतदानस्थल भएका क्षेत्रसम्म गाडी पुग्ने भएपनि भौगोलिक विकटताका साथै सडक गतिलो नहुँदा अपाङ्गता भएका पुरुष तथा महिलाहरूलाई अहिलेपनि मतदानस्थल सम्मपुग्न कठिनाइ हुने गरेको शारदा नगरपालिका–७ निवासी ४१ वर्षीय खेमराज खड्काले बताउनुभयो ।

आफु ह्विलचियरको सहारा लिएर बस्दै आएको बताउँदै उहाँले एक्लै तथा ह्विलचियरमै जान नसक्ने हुँदा सहज रुपमा मतदान गर्नबाट वञ्चित हुँदै आएको बताउनुभयो । कतिपयले मतदान गर्नकालागि मतदानस्थलसम्म पुग्नसास्ती भोग्नुपरेको समेत उहाँले बताउनुभयो ।

निर्वाचन कार्यालयले जहिलेपनि सहजताका लागि छनोट गर्दैै आएका विद्यालय भवन, फिल्ड आधुनिक भन्दा अपाङ्गमैत्रीलाई ख्यालनगरी परम्परागत रुपमा निर्माण गरिएका बढी भएका, साँगुरा बाटा, मुख्यद्वारमा सिढी निर्माण गरेकाले मतदानस्थल अपाङ्गमैत्री नभएको कल्याणकारी अपाङ्ग सङ्घ सल्यानका उपाध्यक्ष नीमबहादुर नेपालीले बताउनु भयो ।

उहाँले आफ्नै घर नजिकैको एक विद्यालयमा मतदान केन्द्र रहेको र वैशाखी तथा ह्विलचियरको भरमा एक्लै आउजाउगर्न नसकिने बताउनुभयो । ‘अपाङ्गताको क र ख वर्गमा पर्ने पुरुष तथा महिला यही समस्याकै कारण धेरै पहिलादेखि आफ्नो मताधिकारको प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

मतदानका लागि उनीहरूले अर्काको सहयोग लिनुपरेको छ, उहाँले भन्नुभयो, ‘म पनि ख वर्गमा पर्छु । मलाई कतै आउजाउ गर्न वैशाखी चाहिन्छ । वैशाखीप्रयोग गर्दा मतदानस्थलसम्म पुग्न गाह्रो हुन्छ । मतदानस्थलमा पुगेपछि अव्यवस्थित रुपमा गरिएको तारबारले झनै अप्ठ्यारो हुन्छ । जिल्लाको स्थानीय तहका अधिकांश कार्यालय अपाङ्गमैत्री नभएकाले सरकारी सेवा लिनका लागि धेरै कठिनाइ हुने गरेको उहाँको भनाई छ ।

क वर्गको अपाङ्गता भएका शारदा नगरपालिका–७ कजेरीका ५६ वर्षीय तोकलाल खड्काले घरबाट यताउता हिँड्न नसक्ने मात्रनभई कालिका माविमा रहेको मतदानस्थल घरबाट आधा घण्टाको दूरीमा रहेको र गतिलो सडक नभएकाले मतदानबाट वञ्चितहुँदै आएको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले विगतमा निर्माण गरेका विद्यालयका संरचना कामचलाउकालागि भएकाले पूर्णरुपमा अपाङ्गमैत्री नभएको बताउनु भयो । विगतका तुलनामा अहिले २ सय २ मतदान केन्द्र तथा १ सय १९ मतदानस्थलमध्ये एकबाहेक सबै केन्द्र नजिकै गाडी पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । अपाङ्गता भएकालाई मतदानगर्नकालागि भने छुट्टै व्यवस्थागर्दै आएको उहाँको भनाई छ ।

अन्य

भिडियो