INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचार संहिता विपरीत मोटरसाइकल र्‍याली

निर्वाचन आचार संहिता विपरीत नेपाली कांग्रेसले दमौलीमा मङ्सिर  १ गते मोटरसाइमोकल र्‍याली निकालेको छ ।

निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को आचार संहिताको १४ नम्बर बुँदाको ज नम्बरमा उल्लेख गरिएको प्रावधान विपरीत मोटरसाइकल र्‍याली निकालेर चुनावको प्रचार गरेको हो ।

त्यसैगरी र्‍यालीमा आचार संहिता विपरीत झन्डा पनि प्रयोग गरिएको छ । आचार संहिताको च नम्बर बुँदामा जुलुस तथा आमसभामा प्रयोग गरिने झन्डाको साईज उल्लेख छ । सो अनुसार जुलुस तथा आमसभामा १०×१८ साईजको भन्दा ठूलो झन्डा प्रयोग गर्न नपाईने भए पनि र्‍यालीका सहभागीले उक्त साईज भन्दा ठूला ठूला झन्डा प्रयोग गरेका थिए ।

यस सम्बन्धमा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले उजुरी परेपछि यसबारेमा छानबिन गरिने बताउनु भयो ।

IMG20221117171138 IMG20221117171146 (1)

अन्य

भिडियो