INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम मङ्सिर १ गते हेटौँडामा सम्पन्न गरेको छ । 

इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले मकवानपुर जिल्लामा खटिने १२ जना निर्वाचन पर्यवेक्षकलाई पर्यवेक्षण कार्यमा खटिनु पूर्व आचार संहिता बारे जानकार गराइएको हो । 

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पर्यवेक्षकलाई परिचयपत्र वितरण गर्दै पर्यवेक्षक संस्थाको साख जोगाउदै निर्वाचनको गतिविधिमा पर्यवेक्षण गर्नुहुन आग्रह गर्नुभयो ।  

315523593_874286487278260_7516757578437618529_n

भण्डारीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षको भूमिकाका महत्वपूर्ण भएको बताउँदै स्वच्छ निर्वाचनका लागि पर्यवेक्षकको उपस्थितिले पनि सम्बन्धित सबै पक्षलाई सचेत तुल्याउने बताउनु भयो ।  

निर्वाचन आयोगले पर्यवेक्षकको पनि अनुगमन गर्ने हुँदा निर्वाचन आचार संहिताको पालना गर्नु पर्यवेक्षकको महत्वपूर्ण कर्तव्य भएको स्मरण पनि भण्डारीले गराउनु भएको थियो । 

उहाँले इन्सेकले २०४८ सालदेखिका यताका सबै निर्वाचनको पर्यवेक्षण गर्दै आएको स्मरण गर्दै प्रत्येक निर्वाचनको पर्यवेक्षण प्रतिवेदन सुझाव सहित समयमै विस्तृत रुपमा निर्वाचन आयोगमा इन्सेकले बुझाउने हुँदा यस पटकको निर्वाचनमा पनि आफूले पर्यवेक्षण गर्ने मतदानस्थल र जिल्लाको प्रतिवेदन पर्यवेक्षकले समयमै पठाउन अनुरोध गर्नु भयो । 

सिविन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञवालीले पर्यवेक्षकको काम भनेको मतदान प्रक्रियाको सुक्ष्म रूपमा हेर्ने र सुन्ने र सम्बन्धित संस्थालाई रिपोर्टिङ गर्ने भएको भन्दै पर्यवेक्षकले निर्वाचन का क्रममा हुने विवादहरू मिलाउने काममा लाग्न नहुने बताउनु भयो । 

सम्बृद्ध समाज दैनिकका सम्पादन सुरेश श्रेष्ठले पर्यवेक्षक र पत्रकारले निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । 

315532392_667247944976742_4633464891055306398_n

अन्य

भिडियो