१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएर जेठ १७ गते गर्भपत गराएको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोलका २५ वर्षीय श्यामसुन्दर साह तेलीलाई कात्तिक २८ गते बेलहिया टोलबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित तेलीले पटक–पटक बलात्कार गर्दै आएको र गर्भवती भएपछि ०७९ जेठ १७ गते गर्भपतन गराएको आरोपमा पीडितकी आमाले जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आरोपित तेलीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी होविन्द्र बोगटीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा जेठ १७ गते गरिएको अस्पतालका सुचना अधिकारी कविन्द्रकुमार यादवले बताउनु भयो ।