INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनावी सभा स्थलमा शङ्कास्पद वस्तु फेला

नेकपा एमाले मन्थली नगरपालिका–१० चनखुलेमा ०७९ कात्तिक ३० गते आयोजना गर्न लागेको चुनावी सभाको कार्यक्रम स्थलमा अज्ञात पक्षले खतरा भन्दै राखेको शङ्कास्पद वस्तु नेपाली सेनाले हटाएको छ ।

शंकास्पद वस्तु फेला परेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालका प्रमुख एसपी राजकुमार थिङ सहतिको नेपाली सेना र सशस्त्र प्रहरीको टोली सो स्थानमा पुगेको थियो ।

नक्कली बम

सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगि हेर्दा फोहोर पोको पारेर ढुङ्गाले घेरी तार निकालेको अवस्थामा रहेको अवरोध फेला पारेको डीएसपी थिङले जानकारी दिनुभयो ।

सुरक्षा टोलीले अवरोध हटाएपछि एमालेले पूर्वनिर्धारण सभा सम्पन्न गरेको थियो । सर्वसाधारणलाई अतङ्कित बनाउने नियतका साथ सो काम गरिएको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाश ढुङ्गेलले सो घटनाको निन्दा गर्नुभयो ।

अन्य

भिडियो