INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यालय प्रमुखलाई जानकारी नगराई कर्मचारी खटाउँदा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्रै स्वास्थ्य सेवा कार्यालयमा यतिखेर स्वाथ्यकर्मीको अभाव चुलिएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन तोकेसंगै जिल्ला अस्पतालका स्वास्थ्यकर्मी मतदाना केन्द्रमा खटाएपछि अस्पतालमा स्वाथ्यकर्मीको अभाव चुलिएको हो ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाले यस अघि पठाएको परिपत्र अनुसार जिल्ला अस्पतालका प्रमुख प्रेम बहादुर सिंहलाई जानकारी नहुँदै सो अस्पतालका कर्मचारीले आफ्नो मनोमानित ढंगले कर्मचारी निर्वाचनमा खटिएपछि जिल्ला अस्पतालमा दैनिक दिन उपचारका लागि आउने विरामीले सास्ती खेप्नु परेको पाइएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि जिल्ला अस्पतालबाट सम्पुर्ण कर्मचारी तथा स्वास्थ्यकर्मी निर्वाचन सम्पन्न गराउन मतदान केन्द्र तर्फ खटिएपछि यस्तै समस्या आएको थियो । तर यतिवेला पनि स्वास्थ्य जस्तो संम्वेदनशिल क्षेत्रलाई ध्यानमा नराखि स्वास्थ्यका स्वाथ्यकर्मीहरुले आफ्नै मानोमानि गरेपछि जिल्ला अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मीको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिनु भएको छ ।

प्रमुख सिंहका अनुसार आफु खुसी विना जानकारीमा अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रको आकस्मीक सेवा इमरजेन्सी, ल्याप, एक्सरे फार्मेसी सेवा समेत ठप्प हुने गरि अन्धाधन्धा तरिकाले जिल्ला अस्पातलका कर्मचारीहरु निर्वाचनमा खटाइएका कारण विरामीले उपचार नपाएरै घर फर्कनु पर्ने बाध्यता रहेको छ ।
सो सेवालाई प्रभाव पारेको भन्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय हुम्लालाको ध्यानर्कषण गराएको छ ।

अन्य

भिडियो