INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङको सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई प्रहरीले ०७९ कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले कात्तिक २५ गते पीडितलाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक २५ गते प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई कात्तिक २६ गते भगवानपाउबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनुभयो ।

आरोपितलाई कात्तिक २७ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा कात्तिक २५ गते गरियो ।

अन्य

भिडियो